Descriptif
गैर आवासीय नेपाली संराष्ट्रिय समन्वय परिषद फ्रान्सले आफ्नो बार्षिक कार्यक्रम अनुरुप मिति २३।०७/२०१७ आईतबारको दिनमा यस बर्षको गृष्मकालीन सामुन्द्रिक भ्रमण आयोजना गर्ने भएकोले यहांहरु सबैलाई हार्दिक निमन्त्रणा गरिन्छ ।
यस पटकको कार्यक्रम पेरिस बाट २ घण्टा ३० मिनट बसमा लाग्ने ( Plage Etretat ) छनौट गरिएको छ । यस ठाउँमा बच्चा देखि बृद्दा सम्मलाई मनोरंजनहुने विभिन्न खेलभलिबल, बालबालिकाहरूको लागी खेलहरू खेल्ने ठाउंको उपलबध र सबैको लागी प्रमूख आकर्षण पौडिखेल्दा सामुनद्रिक तटको नया अनुभव गर्न सकिने साथमा बनभोज र सांस्कृतिक कार्यक्रमहरू , लोक दोहोरी र नाच गांनको समेत वातावरण तयारी गर्न सकिने सहर्ष सबैमा जानकारी गराउंदै उक्त कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
कार्यक्रम सम्बन्धि बिवरण यस प्रकार छ :-
मिति : आईतबार – 23 July 2017
वस छुट्ने स्थान :- Metro – Fort d’Aubervilliers : Line n° 7 – Rue Danielle Casanova, La Poste तर्फ
वस छुट्ने समय : विहान ८:०० बजे
फिर्ता आउने स्थान :- सोही दिन सोही स्थानमा बेलुकी लगभग ७:०० बजे
सहभागिता शुल्क :- ० देखि ३ वर्ष सम्मका वालवालिका को लागी : नि:शुल्क साथै ३ देखि १० वर्ष सम्मका लागि : २५€ लाग्ने गरी तय गरिएको छ भने १० वर्ष देखि माथिका व्यक्तीहरू को लागि : ४५€ लाग्नेछ । यो सहभागी शुल्क भित्र खाना, खाजा ,बस भाड़ा को समेत व्यवस्था हुनेछ ।
* टिकेट बुक गर्ने प्रक्रियामा कुनै जानकारी लिन सम्पर्क गर्न सक्नुहुन्छ
भक्त वाग्ले : 06 78 96 56 78,
सुवर्ण बिक्रम हमाल : 06 59 69 47 34,
कृष्णा पराजुली : 06 11 71 52 98,
प्रकाश सापकोटा : 06 13 26 14 24
नियम :
- अनलाइन टिकेटको लागि हामी weezevent.com को सेवा प्रयोग गर्दै छौ
- अनलाइन टिकेटमा साना बालबालिकाहरुको लागि २५€ तथा ठुला बालबालिका र बयस्कहरुको लागि ४५€ गरि २ श्रेणी मा बिक्रि गरिएको छ
- अनलाइन टिकेट एक चोटीमा ४ ओटा सम्म किन्न सकिनेछ त्यो भन्दा बडी किन्नको लागि फेरी अर्को पटक तेही प्रक्रिया दोहोर्याउनु पर्ने छ, फारम भर्दा धेरै लामो नहोस भनेर यसो गरिएको हो!
- अनलाइन टिकेटमा भ्रमणमा जाने व्यक्तिकै नाम हुनुपर्ने छ
- टिकेट किनिसके पछि केहि परिवर्तन गर्नुपरेमा NRN फ्रान्सका सम्बन्धित व्यक्ति लाइ सम्पर्क गर्नुसक्नु हुन्छ
- टिकेट किनिसके पछि आफ्नो टिकेट डाउनलोड गर्न सकिनेछ र इमेलमा पनि प्राप्त हुने छ
- बसमा चडने बेलामा अनिबार्य रुपमा अनलाइन टिकेट प्रिन्ट गरेको कागज अथवा डिजिटल भर्सनमा सजिलोसंग बुजिने अवस्थामा देखाउनु पर्ने हुन्छ
- अनलाइन टिकेट सिस्टम सजिलो छिटो भरपर्दो भएकोले ढुक्क भएर लिनुभए हुन्छ, केहि समस्या परे NRN फ्रान्सका कार्यकारी सदस्यलाइ कुनै पनि समयमा सम्पर्क गर्न सक्नुहुने छ
Billetterie
Événement
NRN France Summer Tour
93300 Aubervilliers
FRANCE
Contact organisateur
NRNA NCC FRANCE
NCC France NRN NCC - Social worker
Téléphone : Bhakta wagle: 06 78 96 56 78,
Portable : Organizer: 06 11 71 52
Site : http://www.nrnfrance.fr